आज :

कांग्रेसका नेता कार्यकर्ताहरुले अहिले पटक्कै पढ्न छोडेः बाबुराम भट्टराई

  • अनलाइन डबली

काठमाडौं । लेखक मोहन तिम्सिनाको जैविक दर्शन वैज्ञानिक क्रान्तिको दार्शनिक संश्लेषण पुस्तक विमोचन भएको छ । शनिबार प्रज्ञा भवन कमलादिमा एक विशेष समारोहकाबीच पुस्तक विमोचन गरिएको हो ।

पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काँग्रेसका साथीहरुले पढ्नै छोडेको आरोप लगाएका छन् ।  भट्टराईले भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा समेत अध्ययन गर्ने कांग्रेसले अहिले पढ्नै भुलेको आरोप लगाएका हुन् ।

उनले भने, ‘अहिले मान्छेमा पढ्ने लेख्ने चलन पनि छैन । हिजोका हाम्रा साथीहरू त्यत्रो भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा कांग्रेस, कम्युनिस्ट सबै साथीहरू जेलमा पर्दा पनि सँगै अध्ययन गर्ने बानी थियो । पछि हामी जनयुद्धमा जाँदा पनि त्यत्रो मेहनत गरेर पढ्थ्यौँ । अहिले यता आइसकेपछि अब काँग्रेसका साथीहरुले त पढ्नै छोडिहाल्नु भयो । कम्युनिस्टहरू अलि बढी जो पढ्ने हो कम्युनिस्टहरू पनि अब कुनै खास फरक छैन । उहाँहरूले पनि पढाइलेखाइमा रुचि राख्नुहुन्न । हामीले अघि वैकल्पिक ढङ्गले जानुपर्छ, भन्नेहरू पनि अलिअलि मेहनत गर्न खोजेका छौँ तर हाम्रो पनि आरण्य रोदन जस्तो भइरहेको छ ।’

साथै, उनले देशमा पठन संस्कृती लोप हुँदै गएको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

यस्तै, भट्टराईले आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो प्रकृतिको संरक्षण र मान्छेमा खुसिपना आउनुपर्ने आयामसहितको विकास आवश्यक रहेको बताए ।

उनले लोकतन्त्र उन्नत हुँदै जाने प्रक्रिया भएकाले यसको विकास गर्दै अघि बढ्नुपर्ने जिकिर गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal