आज :

माओवादीको स्थायी समिति बैठक सकियो, भदौ ५ गतेदेखि प्रदेशमा संयुक्त बैठक

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति बैठक सकिएको छ । विहीबार सम्पन्न बैठकले भदौ पहिलो हप्ताबाट प्रदेशस्तरमा केन्द्रीय समितिको संयुक्त बैठक बोलाउने निर्णय गरेको छ ।

प्रदेशस्तरका संयुक्त बैठक सकिएपछि असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि स्थायी कमिटी बैठकले निर्णय गरेको छ ।

प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकले सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जवसमोर्चाको संयुक्त बैठक बोलाउने निर्णय गरेको छ । भदौ ५ र ६ गते बागमती प्रदेश, भदौ ७ र ८ गते विशेष र सम्पर्क समन्वय प्रदेश, भदौ ९ र १० गते यस्तै गण्डकी प्रदेश, १२ र १३ गते सुदूरपश्चिम प्रदेश, १४ र १५ गते कर्णाली प्रदेशको बैठक बस्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी भदौ १६ र १७ गते लुम्बिनी प्रदेश, १८ गते केन्द्रीय आयोग, २२ र २३ गते मा , मधेस प्रदेश, २४ र २५ गते कोशी प्रदेश, २९ र ३० गते सल्लाहकार कम्युनिस्ट मञ्च र भदौ २७ र २८ गते जवसमोर्चाको बैठक बस्ने निर्णय गरेको सापकोटाले जानकारी दिए ।

प्रदेशमा बैठक सकिएपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशमा पनि बैठक बस्ने प्रवक्ता सापकोटाले बताए ।
सबै प्रदेशका बैठकमा अध्यक्ष प्रचण्ड सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal