आज :

विद्युत क्षेत्रलाई गुणस्तरीय बनाउन सम्झौताअनुसार काम भएको छ: कुलमान घिसिङ

  • अनलाइन डबली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हरेक नेपालीको घरमा विद्युत पुर्याउन विद्युतीकरण र विद्युतीय क्षेत्रलाई गुणस्तरीय तथा सुरक्षित बनाउन प्रशारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवं सुदृढिकरणका लागि पर्याप्त काम भएको दाबी गरेका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणले विगत एक वर्षमा गरेका कामकारवाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले आफू प्राधिकरणमा दोस्रो कार्यकाल सम्हाल्दै गर्दा उर्जा मन्त्रालयसँग गरेको सम्झौता अनुसार नै सुचकांकहरुमा सुधार भएको दाबी गरे ।

उनले भने, ‘उर्जा मन्त्रालय र प्राधिकरणमा आउने वित्तिकै विभिन्न सुचाकंहरुमा सुधार ल्याउनेगरी सम्झौता भएको थियो । उर्जा मन्त्रालयले गरेको कार्य सम्पादन र सम्झौताको मुल्यांकनमा आर्थिक वर्ष २०७८÷०७९, २०७९÷८० मा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको छ ।’

मुलुकलाई लोडसेडिङमुक्त गरेर विद्युत आपुर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न तथा उपभोक्ताहरुलाई विद्युत आपुर्ति गराउन प्रणालीको विकास एवं पूर्वाधार निर्माणलाई प्राविधिक रुपमा विकास गरिएको उनको दाबी छ ।

‘हरेक नेपालीको घरमा विद्युत पुर्याउन विद्युतीकरण, भरपर्दो गुणस्तरीय तथा सुरक्षित बनाउन प्रशारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवं सुद्धृढिकरण, उत्पादनतर्फका ठुला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत निर्यातलगायतलाई उच्च प्राथमिकतामा राखेका छौं । देश लोडसेडिङमुक्त भएर विद्युत आपुर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न तथा उपभोक्ताहरुलाई विद्युत आपुर्ति गराउन प्रणाीलको विकास एवं पूर्वाधार निर्माणलाई प्राविधिक रुपमा विषेशगरि अगाडि बढाइएको छ,’उनको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal