आज :

भेनुजयलका राष्ट्रपतिले लगाए ट्वीटरमाथि प्रतिबन्ध, एलन मस्कलाई झट्का

  • अनलाइन डबली

काठमाडाैँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोशल मिडिया प्लेटफर्म एक्समाथी प्रतिबन्ध लगाएका छन् ।

एक्सका मालिक एलन मस्कले भेनेजुएलाकाे निर्वाचनलाई लिएर विभिन्न भ्रम सिर्जना हुने अभिव्यक्ति दिइरहेका थिए । यसबीच राष्ट्रपति मादुराेले १० दिनको लागि पहिला ट्वीटरकाे रूपमा चिनिएकाे एक्स प्लेटफर्ममाथी  प्रतिबन्ध लगाएका हुन् ।

मदुरोले नियामक कोनाटेलद्वारा प्रस्तुत प्रस्तावमा हस्ताक्षर गरेसँगै सामाजिक सञ्जाल एक्स १० दिनको लागि भेनेजुएलामा चल्ने छैन । मस्कले लगातार घृणा, गृहुयुद्ध र मृत्युलाई उक्साएको भेनुजुएलाकाे सरकारले जनाएकाे छ ।

मस्कले भेनेजुएलाका राष्ट्रपति मादुराेलाई गधासँग तुलना गरेका थिए । त्यस्तै मदुरोले पनि चुनावपछि विरोध र असहमतिको पछाडि मस्कलाई चालक शक्ति भएको आरोप लगाएका थिए ।

मस्कले मादुराेसँग लड्न भनेका थिए । उता मादुराले पनि आफू ह्युगो चावेज सन्तान भएकाे बताउँदै नडराउने बरू लड्न तयार रहेकाे जवाफ फर्काएका थिए ।

मस्कले लड्न तयार भएकाे बताउँदै आफूले हारेपछि मादुराेलाइ मंगलग्रह निःशूल्क घुमाउने भन्दै हल्लाका टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal