आज :

एमाले संसदीय दलको बैठक बस्दै

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । गत सोमबार भएको एमाले र कांग्रेसको सत्ता सहकार्यबारे सांसदहरुलाई जानकारी दिन बस्ने बैठक बिहान १० बजेका लागि बोलाइएको छ ।

संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउने पार्टीका प्रमुख सचेतक महेस बर्तौलाले बताए ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार राति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो । सहमति अनुसार सुरुवाती चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गर्नेछन् ।

०००

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal