आज :

ऋषेश्वर सामुदायीक वनमा अख्तियारले निगरानी बढाएपछि अवैध काठ ओसार्न तेस्रो मार्ग

  • अनलाइन डबली

काठमाडौँ । मकवानपुरको ऋषेश्वर वन क्षेत्रमा फडानी गरेको अवैध काठ ओसार्न तस्करले तेस्रो मार्ग पत्ता लगाएका छन् । वन उपभोक्ता समितिका पदाधिकारीकै मिलेमतोमा गैरकानूनी रुपमा वन फडानी गरेको भन्दै बैशाख २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

अख्तियारकाे हेटाैडा कार्यालयले पत्र काटेर काठ राेक्का गरी छानविन पक्रिया अगाडि बढाएपछि तस्करहरुले तेस्रो मार्ग प्रयाेग गर्ने तयारी थालेका हुन् । अख्तियार र प्रशासनका आँखा छल्न तस्करहरुले दमै चौउर हुँदै अरूण बस्ती नर्सरी इपिलघारीकाे जंगलबीच हुँदै रौतहट पुग्ने मार्ग बनाएको स्थानीयले बताएका छन् ।

समितिका अध्यक्ष नरबहादुर बस्काेटाले नै याे मार्गबाट काठ लैजान तस्करलाई सुझाव दिएकाे स्थानीयकाे दाबी छ । तेस्रो मार्ग बनाएको खुशीयालीमा तस्करहरुले गाउँमा भोज गरेकाे स्थानीयले बताएका छन् ।

मकवानपुरको बकैया गाउँपालिकास्थित उक्त सामुदायीक वन उपभोक्ता समितिका पदाधिकारीकै मिलेमतोमा वन फडानीको विरोध गरेको भन्दै स्थानीय युवा दिपक पाण्डेमाथि कुटपिट गरिएको थियो । समितिका पदाधिकारी र तस्कर तथा गुण्डा नाइकेहरुले पाण्डेलाई निर्घात कुटपिट गरेर उनीहरूले दुई हप्तासम्म नियन्त्रणमा राखेका थिए । पाण्डे उनीहरुको नियन्त्रणबाट भागेर अहिले आफन्तको घरमा शरण लिएका छन् ।

लामो समयदेखि यो क्षेत्रमा वन फडानीको विरोध गरेकै कारण स्थानीय युवा शुक्रराज वाइवाले आफ्नो ज्यान मार्ने धम्की दिएको सामाजिक संजालमा लेखेका थिए ।

समितिका अध्यक्ष बास्काेटाकै संरक्षणमा गुण्डा नाइके चाेरबाबु भनिने बाबु लामा र स्थानीय गुण्डा सुवास रूम्बाकाे नेतृत्वमा तस्करहरू तेस्राे मार्गबाट अवैध काठ राैतहट पुर्याउने तयारीमा छन् । रूम्वाले चोरबाबुलाई समाउन सक्ने कसैको तागत नभएको भन्दै गाउँमा धम्की दिइरहेकाे स्थानीयले बताएका छन् ।

माओवादी नेता अमिरलाल कछडियाकाे हत्या अभियोगमा चोरबाबुले जेल सजाय पूरा गरेर निस्किएका पात्र हुन् । जेलबाट निस्किएपछि चाेरबाबुले पुनः गाउँमा आतंक मच्चाउन लागेको स्थानीयहरु बताउँछन् ।

यसअघि स्थानीयले समितिका पदाधिकारीकै अगुवाईमा अबैध फडानी भइरहेकाे भन्दै अख्तियारमा उजुरी दिएका थिए । उजुरीमा समितिका अध्यक्ष नरबहादुर बास्कोटासहित वर्तमान र पूर्व पदाधिकारीसँगै स्थानीय जनप्रतिनिधिमाथि पनि छानविन गर्न माग गरिएको थियो ।

उजुरीमा २०६६ सालदेखि हालसम्म वनका कर्मचारीसँगको मिलेमतोमा समितिका पदाधिकारीहरुले आफ्नो स्वार्थ पूरा गर्न अवैधरुपमा वन फडानी गरिरहेको उल्लेख छ ।

उजुरीमा मानबहादुर मोक्तान (२०६६ सालको उपभोक्ता वन समिति अध्यक्ष, आइतमान जिम्बा (२०७७/०७८ सालका अध्यक्ष), नरबहादुर बास्कोटा (हालका अध्यक्ष), दुर्गाबहादुर स्याङ्तान (सचिव), कुन्साङ मोक्तान (श्रीमति समिति सदस्य), तोकबहादुर स्याङ्तान (ठेकेदार तथा लगानीकर्ता) र जनप्रतिनिधि (वडा सदस्य) गणेश लामामाथि छानविन गरी कारवाहीको माग गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal