काठमाडौं । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेपाली काँग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाएको एमालेले प्रधानमन्त्री प्रचण्डको राजिनामा माग्दै आएको थियो ।
एमालेका प्रमुख सचेतक महेश बार्तौलाले प्रधानमन्त्री प्रचण्डले मार्गप्रशस्त नगरेपछि दिएको समर्थन फिर्ता लिएको बताए ।
काँग्रेससँगको सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो कार्यकालको लागि प्रधानमन्त्री बन्न तयारीमा छन् ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको थियो ।
एमालेले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै समर्थन फिर्ता लिने र सँगै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय पनि गरेको छ ।
याेसँगै अब प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र संसदमा विश्वासकाे मत लिनुपर्ने र विश्वासकाे मत नपाए स्वतः हट्नुपर्नेछ ।