आज :

संयुक्त राष्ट्रसंघले भन्यो– इजरायल र हमास दुवै गाजा युद्धका लागि जिम्मेवार

  • अनलाइन डबली

काठमाडौं । संयुक्त राष्ट्रसंघले आफ्नो प्रारम्भिक अनुसन्धानमा इजरायल र हमास दुवै गाजा युद्धका लागि जिम्मेवार रहेको बताएको छ । इजरायलको कारबाहीले सर्वसाधारणको ज्यान जानुलाई मानवता विरुद्ध भएको टिप्पणी राष्ट्रसंघको छ ।

राष्ट्रसंघले दुईवटा समानान्तर प्रतिवेदनका आधारमा यस्तो निष्कर्ष निकालेको हो । जसमा पहिलो रिपोर्ट अक्टोबर ७ मा हमासले गरेको हमलाको बारेमा थियो भने दोस्रो रिपोर्ट इजरायलको प्रतिक्रियामा गरिएको कारबाहीमा आधारित छ ।

संयुक्त राष्ट्रसङ्घीय छानबिन आयोग (सीओआई) ले यो प्रतिवेदन व्यापक रूपमा प्रमाण संकलन गरी दोषीको पहिचान गरी सार्वजनिक गरेको जनाएको हो । जसमा इजरायल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा गरिएका आक्रमणहरू समावेश छन् ।

सीओआईले इजरायलले आयोगलाई सहयोग नगरेको र काममा बाधा पु¥याएको पनि उल्लेख गरेको छ । इजरायलले अनुसन्धानकर्ताहरुलाई इजरायल र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा पुग्न पनि रोक लगाएको थियो ।

तर, इजरायली कूटनीतिज्ञहरूले जेनेभामा संयुक्त राष्ट्र आयोगको प्रतिवेदनलाई अस्वीकार गरेका छन् । उता प्रतिवेदनमा हमासको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

इजरायलका अनुसार अक्टोबर ७ मा सीमाबाट भएको आक्रमणमा १२ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने २५० जनालाई बन्धक बनाएको थियो । यसपछि गाजामा जवाफी सैन्य कारबाही गरिएको छ । प्यालेस्टिनी अधिकारीहरुले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार इजरायलका कारण ३७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal