आज :

भारतमा प्रधानमन्त्री मोदीको लोकप्रियता ओरालोतिर, आफ्नै क्षेत्रबाट मत घट्यो

  • अनलाइन डबली

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उतार प्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक जित हासिल गरेका छन् ।

मोदीले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतान्तरले पराजित गरेका हुन् ।

मोदीले ६ लाख १२ हजार ९७० मत प्राप्त गरेका छन् भने रायले ४ लाख ६० हजार ४५७ मत पाएका छन् ।

यस पटक मोदीको जित अन्तर भने घटेको छ । अघिल्लो २०१९ को निर्वाचनमा मोदीले समाजवादीकी शालिनी यादवलाई ४ लाख ७९ हजार ५०५ मतान्तरले पराजित गरेका थिए ।

२०१४ मा मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ३ लाख ७१ हजार ७८४ मतान्तरले हराएका थिए ।

सात चरणमा मतदान सम्पन्न भएलगत्तै गरिएको सर्वेक्षणहरुले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले ४ सय मत कटाउने देखाएका थिए । तर, मत गणना मध्य भागमा पुग्दा भने त्यो पूरा नहुने निश्चित जस्तै भएको छ ।
मोदीले चुनावी प्रचारको क्रममा बिजेपीले एक्लै बहुमत प्राप्त गर्ने दाबी गरेका थिए ।

आफ्नै क्षेत्रमा मतान्तर पनि घटेको छ । मोदीको उत्तराधिकारीको रुपमा आफूलाई पेश गर्दै आएका आदित्यनाथलाई पनि उत्तर प्रदेशमा परिणामले झट्का दिएको छ । उत्तर प्रदेशमा इन्डिया गठबन्धन अगाडि देखिएको छ ।

यसले पनि मोदीको अतिवादले विस्तारै लोकप्रियता घट्दै गएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal