आज :

नेपालीको औषत आयु बढ्यो, मातृ मृत्युदर घट्योः अर्थमन्त्री पुन

  • अनलाइन डबली

काठमाडौं । पछिल्लो वर्षमा नेपालीको औसत आयु वृद्धि भएर ७१ वर्ष पुगेको छ भने शिशु मृत्युदर पनि २१ प्रतिशतमा झरेको छ ।

मंगलबार आर्थिक वर्ष ०८१ /०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशमा निरपेक्ष गरिबी घटेको र नेपालीको औसत आयु पनि वृद्धि भएको बताए ।

२०६२ सालमा निरपेक्ष गरिबी ३० दशमलब ८ प्रतिशत रहेकामा हाल घटेर २० दशमलब ३० प्रतिशतमा झरेको उल्लेख गर्दै अर्थमन्त्री पुनले भने, ‘मानव विकास सूचकांक ०.५०५ बाट बढेर ०. ६०२ कायम भएको छ । नेपालीको औसत आयु ६०.७ वर्षबाट बढेर ७१ . ३ वर्ष पुगेको छ ।’

यस्तै नेपालको साक्षरता दर पनि ५८ प्रतिशतबाट बढेर ७६ .२ प्रतिशत पुगेको छ । ४५ प्रतिशतबाट बढेर ५७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुगेको छ ।

यस्तै पछिल्लो समय शिशु र मातृ मृत्युदरमा पनि केही सुधार भएको छ ।

‘संवत् २०६४ मा शिशु मृत्युदर प्रतिहजार जिवीत जन्ममा ८९ जना रहेकोमा हाल २१ मा झरेको छ । पाँच वर्ष मुनिका बाल मृत्युदर प्रतिहजार ६१ बाट ३३ मा र मातृ मृत्युदर प्रतिलाख २८१ बाट १५१ मा झरेको छ,’ अर्थमन्त्री पुनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal