आज :

नयाँ सडक (न्युरोड) क्षेत्रका सडक साँघुरो गर्ने महानगरको निर्णयको बिरोधमा स्थानि बासीले गरे प्रदर्शन

  • अनलाइन डबली

काठमाडौँ महानगर पालिकाले नयाँ सडक (न्युरोड) क्षेत्रका सडकलाइ साँघुरो गरेर फुटपाथ बढाउन सुरु गरेपछि स्थानीय बासि बिरोधमा उत्रिएका छन्। सडक साँघुरो बनाउने महानगरको कार्य उचित नभएको भन्दै हिजो आइतबार र आज सोमबार न्युरोडबासीले सडक नै अवरुद्द गरि बिरोध जनाएका हुन्।

उनीहरूले   ‘ ऐतिहासिक सहर भत्काउनु पाइदैन  ’,  ‘न्युरोड साँघुरो गर्न मिल्दैन’, ‘नयाँ सडक बचाउ’ भन्दै कालो ब्यानरसहित महानगरविरुद्ध मानव सान्ग्ला बनाएर प्रदर्शन गरेका छन्।
महानगर प्रमुख बालेन साहले सबैको राय सुझावमा काम गर्नुपर्नेमा एकलौटी गरेको उनीहरुको भनाइ छ।
महानगरले शनिबार न्युरोडको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको क्षेत्रमा दुवैतर्फ सडक काटेर फुटपाथ बढाउने योजना अगाडि बढाएको हो । तीन लेनको उक्त सडक प्राविधिक जाँचबिना काटिएपछि सडक डिभिजन कार्यालय काठमाडौँले डोजरसहितका मेसिन नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal