आज :

जुम्लामा मिनी ट्रक दुर्घटना, दुई जना घाइते

  • अनलाइन डबली

सुर्खेत । जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिक भएको मिनी ट्रक दुर्घटनामा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान करिव साढे सात बजेतिर भएको उक्त दुर्घटनामा कर्णाली प्रदेश ०२००१ ख ०२८७ नम्बरको मिनी ट्रक चालक र सहचालक दुवै जना घाइते भएका हुन् ।

गाडी चालक सुर्खेतका २७ बर्षीय लक्ष्मीप्रसाद जैसीको अवस्था सामान्य छ ।  सह चालक सुर्खेत अलाचौर बस्ने १७ बर्षीय बिष्णु अधिकारीको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी प्रहरी निरीक्षक उमेश बहादुर चन्दले जानकारी दिए ।

चन्दका अनुसार बिहान मिनी ट्रक सुर्खेतदेखि खाद्यन्न बोकेर मुगुतर्फ जाने क्रममा अनियन्त्रित भइ नाम्म गमगढी सडक खण्ड अन्तरगत जुम्लाको कनका सुन्दरी गाउँपालिका–२ जियाखोला नजिकै सडकबाट तीन सय मिटर तल खसेको हो ।

घाइतहरुको जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal