काठमाडौं । काठमाडौंका नेवाः समुदायले मनाईने विभिन्न चाडपर्वहरु मध्ये पाहाँचह्रे आज बात प्राम्भ भएको छ । कंग अजिमा खल संरक्षण समिति, याट्खाको व्यवस्थापनमा मनाउने यस पर्वको जात्रा विवरण तालिका सार्वजनिक गरेका छ ।
उपत्यका लगात नेवा : बाहुल्यता रहेको विभिन्न स्थानमा ३ दिन सम्म मनाइने यो पर्व आज आइतबार देखि २७ गते मंगलवारसम्मको जात्राको लागि भेला हुने स्थान, रुटहरु विवरण सार्वजनिक गरेको हो ।
चैत्र २७ गते असनमा दिउँसो २ बजे खट जुराउने भएको छ । पाहुनालाई निमन्त्रणा गरेर मनाईने यो चाँड ३ दिनसम्म मनाईन्छ । यो पर्व अन्तिम दिन असनमा खट जुदाईने परम्परा रहेको छ । यस दिन असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई जात्रा मनाउने गर्दछ ।
वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रुपमा यो न्हि जात्रा मनाउने गरिन्छ । पहिलो दिन बिहानै अधिकांश मानिसहरु सहरका विभिन्न गणेश, भैरव र अजिमाका मन्दिरमा पुग्छन भने राती शिव र आफना कुलदेवताको पूजा–आराधना गरी मौसममा पाइने मनोरञ्जनात्मक खाना खानेकुरा खाने चलन रहि आएको छ ।
यस्तो छ तालिका –