काठमाडौँ। चौथो राष्ट्रिय एकायन कराते २०८० प्रतियोगिता आजबाट संचालन भएको छ। नेपाल एकायन कराते संघको आयोजनामा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र , लैनचौरमा प्रतियोगिताकोआज उत्घाटन कार्येक्रम गरि प्रारम्भ भएको हो।
यस खेल प्रतियोगितामा सातै प्रदेशका विभिन्न तौल समुहका गरि १३५ खेलाडीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। अन्तिम खेल प्रतियोगिता भोलि शनिबार हुने छ।
उत्घाटन कार्येक्रममा बिशेष अतिथिको रुपमा इमेज टेलिभजनका प्रवन्ध निर्देशक रघुवर भक्त मानन्धर , संघका केन्द्रिय सल्हाकार रमेस मुनिकार , निरोज कर्माचार्य , धर्म देब महर्जन ,नेपाल जुडो संघका महासचिब , नेपाल तेन्डो संघका कार्यवाहक अध्क्षय् केशव कृष्ण डंगोललागएतको सहभागिता रहेको छ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्येक्रम भोलि शनिबार हुने छ।


अनलाइन डबली





