काठमाडौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको काम गर्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले प्रदर्शन गरेका छन् ।
साम्पाङले काठमाडौँमा एकल प्रदर्शन गर्दै २०८४ सालको निर्वाचन अघि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै एकल प्रदर्शन गरेका हुन् ।
बजेट माग्न काठमाडौँमा केही दिनअघि आएका साम्पाङले मंगलबार बिहान प्लेकार्ड बोकेर सडकमा उभिएर प्रदर्शन गरेका थिए ।
‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ साम्पाङले बोकेको प्लेकार्डमा लेखिएको छ ।