काठमाडौं । स्वास्थ्य राज्यमन्त्री बन्ने चर्चासँगै बधाई थापिसकेका दिपक कार्कीले अन्तिम आएर वन तथा वातावरण राज्यमन्त्रीको शपथ खाएका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले कार्कीलाई शपथ खुवाएका हुन् ।
जसपाले पाएको दुई मन्त्रालयमध्ये कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, अन्तिममा आएर उनको मन्त्रालय फेरिएको छ ।
जसपाले कार्कीलाई स्वास्थ्यराज्यमन्त्री बनाउने निर्णय गरेसँगै सामाजिक हुँदै भेट्न आउनेले पनि स्वास्थ्य राज्यमन्त्री बनेकोमा बधाई दिएका थिए ।