काठमाडौं । नेकपा (एमाले) सुर्खेतले नयाँ नेतृत्व निर्वाचित गरेको छ । नयाँ नेतृत्वको लागि आइतबार भएको निर्वाचनबाट अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।
देवकोटाले अमृतकुमार बिसीलाई पराजित गरेका थिए । उनी नेता यमलाल कडेल निकट मानिन्छन् ।
त्यसैगरी उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
त्यस्तै, महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन् ।


अनलाइन डबली


