
काठमाडौँ । स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गर्ने समुहलाई प्रहरीले पक्राउ गरेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार कागेश्वरी मनोहरा न.पा. वडा नं.०५ थलि स्थित भरत थापाको २ तल्ले पक्की घरमा बिनोद कुमार कार्कीले भाडामा लिइ नक्कली विदेशी ब्रान्डका गुणस्तरहिन मदिरा उत्पादन गर्ने ९ जनालाई पर्काउ गरेका हुन्। पक्राउ पर्नेमा मनोज खत्री ,बिनोद कुमार कार्की ,गौरव तामाङ्ग ,मोहन खड्का ,सुमन नगरकोटी ,लेख बिक्रम थापा , महेस खत्री ,मनिष खत्री ,रोसन कार्की रहेका छन्।
प्रहरीले उनीहरु बात मदिरा बनाउन प्रयोग गर्ने समानहरु, सगुन ब्राण्डको मदिरा पदार्थ, चिनि-पानी मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, राजश्व अन्त शुल्कको स्टिकरहरु, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु लगायत अन्य विभिन्न सामाग्रीहरू बरामद गरेको छ । पक्राउ परेकाहरुलाई गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।