आज :

सरकारले फेरि घटायो डिजेल र पेट्रोलको मूल्य, नयाँ मूल्य कति ?

  • अनलाइन डबली

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले मंगलबार विहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा समान १÷१ रुपैयाँ मूल्य घटाएको हो । जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल÷मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

निगमले हाल स्वचालित मूल्य समायोजन प्रणाली लागू गरेको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाउँदा नेपालमा पनि स्वतः मूल्य घट्ने गरेको छ ।

सोमबार भारतीय आयल निगमले मूल्य घटाएपछि नेपालले पनि मूल्य समायोजन गरेको हो । भारतीय निगमले पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँ घटाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal