आज :

सुपर कपको फाइनलमा बार्सिलोना, उपाधीका लागि रियल म्याड्रिडसँग भिड्ने

  • अनलाइन डबली

काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान साउदी अरेबियाको रियादमा भएको खेलमा  ओसासुनालाई २–० गोल अन्तरले हराउँदै बार्सिलोनाले फाइनलमा रियल मड्रिडसँगको भेट पक्का गरेको हो ।

बार्सिलोनाका लागि रोबर्ट लोवान्डोस्की र लामाइन यमलले एक–एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५९औँ मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि सुरुवाती गोल गरेका थिए ।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा यमलले गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।

सुपर कपको उपाधीका लागि बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त आइतबार हुनेछ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal