आज :

राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

  • अनलाइन डबली

हेटौंडा ।  राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ ।

खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत आयोजना भएको फाइनल खेलमा सोमबार चन्द्रागिरी न्यू डायमण्ड क्लबलाई ३–१ सेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।

उपाधि हात पारेसँगै एपीएफले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको न्यु डायमण्डले १ लाख रुपैयाँमा चित्त बुझायो ।

विजेता र उपविजेतालाई हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले ट्रफी प्रदान गरिन ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित ५ टिमको सहभागिता थियो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal