आज :

आजदेखि झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ सुरु

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर पश्चिम झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा गर्न लागेको पदयात्रा आजबाट सुरु हुदैछ ।

सो यात्राको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको केन्द्रबिन्दु बैतडीको झुलाघाटमा आज गर्ने भएका छन् ।

एमालेले सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राका बीचमा डडेलधुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा विभिन्न कार्यक्रम गर्ने बताएको छ ।

संकल्प यात्राले देशको पहाडि क्षेत्रको अधिकांश भूभाग ओगटेको मध्यपहाडी क्षेत्रमा पर्ने राजमार्गको सुरुवाती बिन्दु झुलाघाट नै भएकाले आर्थिक,सामाजिक थुप्रै सम्भावनालाई पहिल्याउँदै समृद्धिको विगुल फुकिने एमालेको दाबी छ।

१९ दिनसम्म सञ्चालन हुने उक्त पदयात्राका क्रममा बाटोमा पर्ने ठाउँको विकास सम्भावना र समृद्धिबारे पनि छलफल बहस र अध्ययन हुने एमालेले जनाएको छ ।

जलस्रोतको भण्डार,जैविक विविधताको खानी तथा बढी जनसंख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै समृद्धिको बलियो आधार रहेकाले एमालेले संकल्प यात्रा पहाड केन्द्रित गरेको जनाएको छ ।

पुष्पलाल अर्थात् मध्यपहाडी लोकमार्गका परिकल्पनाकार आफ्नै पार्टी भएको तथा लोकमार्गसँग देशेको आर्थिक, सामाजिक, सांस्कृतिक महत्व झल्किने भएकाले राजनीतिक दृष्टिले पनि सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिनेगरी सो कार्यक्रम गर्ने एमालेले जनाएको छ ।

कार्यक्रममा एमाले शिर्षस्थ नेताहरु,केन्द्रीय तथा पोलिटब्युरो सदस्यलगायतका एमाले नेताकार्यकर्ता सहभागी हुनेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal