काठमाडौँ । कर्णाली प्रदेशसहित चार प्रदेशमा पश्चिमी वायुको प्रभाव देखिएको छ । गएरातिबाट यी प्रदेशका विभिन्न स्थानमा मौसम बदली भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम बदलीसँगै हिमपातको सम्भावना बढेसँगै त्रिपालमुनी बसेका भूकम्प पीडितहरुको अवस्था दयनिय बन्ने भएको छ ।


अनलाइन डबली


