आज :

इजरायली प्रधानमन्त्री नेतान्याहू आफैले ध्वस्त बनाएको गाजा पुगे

  • अनलाइन डबली

काठमाडौं ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको क्रममा गाजाको भ्रमण गरेका छन् । इजरायल र हमासबीच चार दिने युद्धविराम चलिरहेको बेला नेतान्याहुले यो भ्रमण गरेका हुन् । दुई दशकमा गाजा भ्रमण गर्ने उनी पहिलो इजरायली प्रधानमन्त्री हुन् ।

गाजा भ्रमणका बेला नेतान्याहुले सैनिकहरूलाई भेटे र उनीहरूलाई प्रोत्साहन दिएका थिए । उनले अन्तिमसम्म संघर्ष जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ । नेतान्याहुले कमाण्डर र सैनिकहरूबाट सुरक्षा ब्रीफिङ लिएर गाजाको सुरुङको पनि अबलोकन गरेका थिए ।

सैनिकलाई भेट्न पुगेका नेतान्याहुले हेलमेट र बुलेटप्रुफ ज्याकेट लगाएका थिए । सिपाहीसँगै उभिएर उनले भने, ‘हामी हाम्रा कैदीहरूलाई फिर्ता ल्याउन हरसम्भव प्रयास गर्नेछौं र अन्ततः सबैलाई फिर्ता ल्याउँछौं ।’

यो युद्धमा हाम्रा तीनवटा लक्ष्य छन् । सबै बन्धकहरूको फिर्ता, हमासको विनाश, र गाजाले इजरायललाई फेरि कहिल्यै खतरा नपार्ने कुरा सुनिश्चित गर्ने  उनले बताए ।

‘हामीलाई कसैले रोक्न सक्दैन । हामीसँग बल छ र हामी हाम्रो लक्ष्य हासिल गर्नेछौं’ नेतान्याहुले भने ।

इजरायल सन् २००५ मा गाजाबाट एकपक्षीय रूपमा फिर्ता भएको थियो । २१ वटा बस्ती ध्वस्त पारेर यस क्षेत्रको नियन्त्रण प्यालेस्टिनी प्राधिकरणलाई सुम्पियो । हमासले २००७ मा एक रक्तपातपूर्ण कू द्वारा गाजा कब्जा गरेको थियो ।

हमासले अक्टोबर ७ मा भएको आक्रमणमा २४० इजरायलीलाई बन्धक बनाएको थियो । इजरायलले यी मध्ये ५० जनालाई मुक्त गर्ने सम्झौता गरेको छ । सम्झौता अन्तर्गत, इजरायलले ५० बन्धकहरूको सट्टामा चार दिनको युद्धविराम गरेको थियो । यदि यो सम्झौता अगाडि नबढेमा सोमबार मध्यरातमा समाप्त हुनेछ । यस युद्धविरामको समयमा, इजरायली रक्षा बल गाजामा नै थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal