आज :

माओवादी केन्द्रले पुनर्निर्माणको लागि भूकम्प प्रभावित क्षेत्रमा ३ हजार १ सय भोलेन्टियर खटाउने

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अस्थायी आवास तथा पुनर्निर्माणको लागि ३ हजार १ सय भोलेन्टियर खटाउने भएको छ । पार्टीको कर्णाली प्रदेशको शनिबार बसेको अभियानको समिक्षा बैठकले सो निर्णय गरेको हो ।

चार महिने अभियान अन्तरगत कर्णाली प्रदेशले भूकम्पबाट ध्वस्त भएका क्षेत्रमा पुनर्निर्माणलाई अभियानात्मक रुपमा अगाडि बढाउन भोलेन्टियर खटाउने निर्णय गरेको छ । अहिले अस्थायी घर निर्माणको काम अगाडि बढेको छ ।

खटिने भोलेन्टियर प्रभावित क्षेत्रमा खटिनेहरूले अस्थायी आवास तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष विमला केसीका अनुसार उक्त संख्या प्रदेशभित्रैबाट परिचान गरिनेछ । प्रत्येक जिल्लाहरुबाट टोली प्रभावित क्षेत्रमा परिचालन गरिने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal