आज :

अनलाइनबाट मुद्दा दर्ता गर्ने प्रणाली चाँडै लागू हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले चाँडै अनलाइन मार्फत मुद्दा दर्ता गर्ने प्रणाली व्यवस्था गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकारको पत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनलाइन मार्फत मुद्दा दर्ता गर्न सकियो भयो भने कानून व्यवसायी, अदालत र कर्मचारीलाई पनि सहयोग भई राम्रै गति दिने विश्वास लिएको बताए ।

‘अनलाइन मार्फत मुद्दा दर्ता गर्ने प्रणालीबारे अध्ययन गर्दैछौं । अब करिब करिब टुङिगन लागेको छ । यी कुराहरु हामो आन्तरिक स्रोतले मात्र भ्याउँदो रहेनछ । थप बाह्य स्रोत आवश्यक पर्ने रहेछ । अनलाइन मार्फत मुद्दा दर्ता गर्न सकियो भयो भने कानून व्यवसायी मात्र होइन अदालत र कर्मचारीलाई पनि सहयोग हुनेछ’ श्रेष्ठले भने  ।

उनले छोटो समयमा आफूले न्यायाधीश नियुक्त गरेर न्यायप्रतिको आस्था बढाउने काम गरेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal