आज :

भारतीले न्याय पाइन् तर आरती साहका परिवार १४६ दिनसम्म धर्नामै

  • अनलाइन डबली

काठमाडौं । आरती साह हत्यारालाई कारवाहीको माग गर्दै पीडित परिवार १४६ दिनसम्म सडकमै रहेका छन् ।

जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको दाइजोका कारण परिवारबाटै हत्या भएको भन्दै माइती कारवाहीको माग गर्दै धर्नामा बसेका छन् ।

आरती साहको न्यायको लागि विभिन्न नेताहरु तथा संघ संस्थाले एक्येवद्धता जाहेर गरेका छन् तर घटनाबारे छानविनको प्रक्रिया अगाडि समेत बढेको छैन ।

आज आम जनता पार्टीका अध्यक्ष प्रभु साहले काठमाडौंको माइतीघरमा आरती साहका पीडित परिवारको जारी धर्नामा सहभागी भई अध्यक्ष साहले न्यायको लागि ऐक्यवद्धता जनाएका हुन् ।

उनले राज्यबाट पीडितलाई न्याय दिलाउन बेवास्ता भएकोमा खेद प्रकट गर्दै काठमाडौं जस्तो केन्द्रमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय भएको बताए ।

उनले भने, ‘नेपालमा लोकतन्त्र छ, गणतन्त्र छ । यो युगमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय हो । राज्यबाट जसरी बेवास्ता भएको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु । र आरती साहको परिवारको मागमा ऐक्यवद्धता जनाउन चाहन्छु ।’

उनले गाउँबाट न्याय माग्दै आउँदा सरकार संवेदनाहीन बनेको भन्दै पीडितलाई चाँडो न्याय दिलाउन माग गरे ।

सर्वोच्च अदालतले हालै भारती मानन्धरलाई न्याय दिएको छ । पूर्वपति चेतन मानन्धरको हत्यारा योग ढकाल रिगललाई राष्ट्रपतिले दिएको आममाफीविरुद्ध भारती अनसन बसेका थिइन् । सर्वोच्चले रिगललाई आममाफी बदर गरेर पुनः जेल पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal