काठमाडौँ । नेपालि जुत्ता उद्योगी समुहले नयाँ सडक न्युरोड स्थित न्युरोड नेपाली जुत्ताघर मेला संचालनमा ल्याएको छ । नेपालीहरुको दोश्रो ठुलो चाड तिहारलाइ लक्षित् तथा अन्तर्राष्ट्रिय ब्राण्ड संग प्रतिस्पर्धा मुख्य उदेश्य गरि न्युरोड मलमा स्वदेशी उत्पादनका नयाँ आकर्षक जुत्ताहरु विशेष छुट साहित् बुधबार बाट संचालमा ल्याएको हो ।
न्युरोड जुत्ता घरमा विभिन्न ८ नेपालि जुत्ता उधोगबात उत्पादित जुत्ताहरुका स्टल रहेका छन् ।
न्युरोड जुत्ता घर सुभारम्भ एक कार्येक्रमका बीच स्वदेशी जुत्ता उद्योगीहरुले बाहिरि मुलुकबाट चोरि पौथारी भएर आएका बिदेशी जुत्ताका कारण नेपालि जुत्ता उद्योगीले नुक्सानी भोग्दै आएको बताए । देसै भरि १५ सय सानाठूला उधोगहरु संचालमा रहेता पनि यसलाई प्रवर्धन गर्न राज्यबाट साथ् सहयोग निकै फितलो भएको गुनासो उद्योगीहरुले गरे । बिगतमा राज्यबाट उद्योगहरु र उत्पादनलाइ प्राथमिकतामा राखी सहुलियेत ऋण आकर्षक ब्यादरको ब्यबस्था रहेकोमा अहिले यस्तो सुबिधा कट्टा हुदा कुल उत्पादन क्षमता भन्दा ४० प्रतिशत मात्रा उत्पादनमा सिमित हुन बाध्य भएको उनीहरुले बताए ।
स्वदेशी उत्पादनलाइ प्रवर्धन गर्न उपभोक्ता बीच प्रतक्ष जाने उदेश्यले नै खुल्ला नेपालि जुत्ता पसल अभियान अन्तरगत वृहत जुत्ता मेला आयोजना गरिदै आएको उद्योगीहरुले बताए ।