Skip
आज :

चारदिने भ्रमण सकेर न्युयोर्क फर्किए महासचिव गुटेरेस

  • अनलाइन डबली

काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमण सकाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस आज न्युयोर्क फर्किएका छन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले महासचिव गुटेरेसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाई गरेका छन् । विमानस्थलमा उनको विदाइका लागि परराष्ट्र मन्त्रालयका उच्च अधिकारी नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए ।

महासचिव गुटरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । उनी कतार एयरवेजको उडानमार्फत बिहान १० बजेपछि न्युयोर्क प्रस्थान गरेका हुन् ।

न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।

आइतबार राति काठमाडौं आइपुगेका गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका राजनीतिक दलका नेताहरू, र मन्त्रीलगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
नेपाल बसाइका क्रममा उनले आइतबार उपत्यकाको पाटन दरबार स्वायर क्षेत्रसँगै उपत्यका बाहिर पोखरा, सोमबार सोलुखुम्बुको सगरमाथा क्षेत्र मंगलबार अन्नपुर्ण आधार शिविर र लुम्बिनीको भ्रमण गरेका थिए ।

मंगलबार सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी पुगेका महासचिव गुटरेसले शान्ति भूमि लुम्बिनीबाट इजरायल–हमास युद्ध रोक्नुपर्ने, म्यानमार, सुडानलगायतका राष्ट्रमा भएको अशान्ति हटाउन अपिल गरे ।

संघीय संसदको दुवै सदनलाई मंगलबार साझ सम्बोधन गरेका महासचिवले संक्रमणकालीन न्यायको केन्द्रमा पीडितलाई राखेर टुङ्याउनुपर्ने,नेपालमा जलवायु परिवर्तनको असर विनाशकारी रहेको र त्यसमा आफूले साथ दिने एवं विश्वशान्तिका लागि नेपालको योगदान प्रशंसनीय रहेको भन्दै मुख्यगरी तीन सन्देश दिएर फर्किएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal