आज :

आईसीसी टी–२० विश्वकप एसिया छनोटः आज चार खेल हुने, नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै

  • अनलाइन डबली

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह  ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

सोमबारदेखि नेपालमा सुरु भएको टी–२० विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियालाई हराएर सेमिफाइनल पुग्ने दाउमा छ ।

नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजे टीयू मैदानमै सुरु हुनेछ । यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल बिहान ९ बजे तथा यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मुलपानी मैदानमा सुरु हुनेछ ।

समुह चरण ए अन्र्तगतका आज हुने दुई खेलमा यदि ओमान र नेपाल दुवै विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा दुवै टोलीले स्थान पक्का गर्नेछन् ।

८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुन्छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal