आज :

जनयुद्धका घाइते भक्त रानामगर वीर अस्पतालमा भर्ना, उपचारमा सहयोगको लागि अपील 

  • अनलाइन डबली

काठमाडौं । जनयुद्धका घाइते भक्त रानामगरको स्वास्थ्यमा समस्या देखा परेपछि वीर अस्पतालमा भर्ना गरिएको छ । काभ्रेको महाभारत गाउँपालिका- ६ का रानामगर जनयुक्ति सेनाका कमाण्डर पनि हुन् ।

मकवानपुरको झुरझुरेमा भएको लडाइँमा टाउकोमा गोली तथा छर्ला लागेर रानामगर घाइते भएका थिए ।  समस्या बल्झिदै गएपछि दुबै खुट्टा समेत काट्नु परेको थियो ।

जीवनसाथी वर्षा रानामगरका अनुसार पछिल्लो समय भक्तको शरीरमा छाला सम्बन्धी समस्या देखा परेको थियो । उपचार सुरु भएपछि स्वास्थ्यमा सुधार आएको छ ।

अस्पतालमा राखेर थप उपचार जारी राख्नु पर्ने भएकोले क्याविनामा सार्ने तयारी भइरहेको वर्षाले जानकारी दिइन् ।

हिटडुल गर्न नसक्ने अवस्थामा रहेका भक्तको उपचारमा सहयोग गरिदिन परिवारले अपील गरेका छन् ।

भक्तको उपचारमा अहिले सहयोग जुट्न सुरु भएको छ । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी पुन र डम्बर विष्टले सहयोग अभियान सुरु गरेका थिए ।

सहयोग गर्न चाहने व्यक्तिहरुले सिदार्थ बैंकमा रहेको वर्षा रानामगरको खाता नम्बर वा भेटेर सहयोग गर्न सकिनेछ ।

Account holders Name: Barsha rana magar
Bank : Siddhartha bank LTD
Account No: 00615190004
सम्पर्क नम्बर : 9801316895

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal