Skip
आज :

संघीय सरकारविरुद्ध बागमती प्रदेशले हाल्यो सर्वोच्चमा मुद्दा

  • अनलाइन डबली

हेटौंडा । बागमती प्रदेशले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । २०७९ असोज ९ गते राजपत्रमा प्रकाशित शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ खारेजीको माग गर्दै बागमतीले संघीय सरकारविरुद्ध रिट दायर गरेको हो ।

संविधानको अनुसूची ६ मा प्रदेशको एकल अधिकार सूचीमा सवारीसाधन कर, यातायात र प्रदेश लोकमार्ग उल्लेखित गरिए भएपनि संघीय सरकारले प्रदेशको अधिकार मिचेर सार्वजनिक यातायात प्राधिकरण ऐन पारित गरेपछि बागमती प्रदेश सरकारले आज रिट दायर गरेको हो ।

प्रदेश सरकारको अधिकार कटौति हुने गरि ऐन नवनाउन अनुरोध गरेपनि संघीय सरकारले राजपत्र प्रकाशन गरेसँगै बागमती प्रदेश सरकारले गत भदौ २७ गते संघिय सरकार विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्ण गरेको थियो । सोहि निर्णयअनुसार आज संघीय सरकारविरुद्ध रिट दायर गरिएको बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले जानकारी दिए ।

सर्वोच्च अदालतमा रिट दाएर गरेपछि लम्सालले प्रदेशको अधिकार क्षेत्र मिच्ने गरि संघीय कानुन बनाई संघीयताको अतिक्रमण भएको विषयमा बागमती सरकार श्रम,रोजगार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण भएको र रिट दायर गरेको जनाएका छन् । संविधानको भावना एवं अधिकारको अतिक्रमण रोक्न संघीयता परिपक्व बनाउन बागमती प्रदेश सरकारको निर्णय अनुसार श्रम, रोजगार तथा यातायात मन्त्रालयले रिट दायर गरेको उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal