काठमार्डौ । धादिङ केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पले काठमाडौँ उपत्यकालगायत आसपासका जिल्लाहरु नराम्रोसँग हल्लाएको बताइएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको पुष्टि गरेको छ ।
भूकम्पका कारण कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन् ।