आज :

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, एमाले पनि सरकारमा सहभागी

  • अनलाइन डबली

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले शपथ लिएका हुन् । मुख्यमन्त्री कार्कीले शपथ लिएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद् बनाइन लागेको छ ।

मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुई जनालाई मन्त्री नियुक्त गर्ने तयारी छ ।

कांग्रेसका ‘विद्रोही’ समूहमा रहेका सांसदमध्ये इलामका शम्शेर राई र नेकपा एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री नियुक्त भएका हुन् ।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेसका ८ र एमलेका ३९ सहित ४७ प्रदेश सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal