काठमाडौं । नेपाली कांग्रेसको शेखर समूह कोशी प्रदेशमा नेकपा एमालेसँग मिलेर केन्द्रले गरेको निर्णयविरुद्ध गएको छ । सभापति शेरबहादुर देउवाको प्रस्तावमा विहीबार गठबन्धन दलको बैठकले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेका थिए ।
तर नेता शेखर र महामन्त्री गगन थापाले एमालेसँग मिलेर उक्त निर्णयलाई चुनाैती दिँदै केदार कार्कीलाई मुख्यमन्त्रीको दाबी पेश गर्न लगायो । कार्कीलाई एमालेको साथ रहेको छ ।
काँग्रेसका ८ सांसदले केन्द्रको निर्णय नमानेपछि आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णयमा धक्का लागेको छ ।
यसैबीच काँग्रेस प्रदेश सभापति उद्धव थापाले कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएका छन् । कोशी प्रदेशमा पार्टी निर्णयविरुद्ध उभिएका ८ जना सांसदबारे छलफल गर्न बैठक बोलाइएको हो ।
थापाले पार्टीको निर्णय विरुद्ध उभिने कुरा अनुशासनहीनताको चरम रूप भएको बताए ।
संवैधानिक व्यवस्थाले पनि उनीहरुलाई ह्वपी नहाल्न व्यख्या गरिएको छ ।