
काठमाडौं । इजरायलबाट नेपाली फर्किन सुरु भएको छ । इजरायल र हमासबीच लडाइँ सुरु भएपछि सरकारले आफ्ना नागरिकलाई स्वदेश फिर्ताको लागि पहल थालेको थियो । यसैबीच नेपाली राष्ट्रि महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छन् ।
व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी सावित्रा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् ।
सावित्रा इजरायली क्लब हापोएल रानानामा अनुबन्ध भएकी हुन् ।
हमासको हमलापछि इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ । खेल स्थगित भएपछि सावित्रालाई नेपाल फर्काउन नेपाली दूतावासले समन्वय गरेको थियो ।
युद्धमा फसकेका नागरिकको उद्दारको लागि नेपाल एयरलाइन्सको जहाजसहित परराष्ट्रमन्त्री एनपी साउद इजरायल गएका छन् ।