
सुर्खेत । हुम्लामा जीप दुर्घटना भएको छ । आइतबार दिउँसो जिल्लाको सदरमुकाम सिमिकोट बजार नजिकै भएको दुर्घटनामा सिमिकोट गाउँपालिका वडा न. २ का अध्यक्ष देबजंग बोहरा र वडा न. ३ का अध्यक्ष पामा लामासहित ९ जना घाइते भएका छन् ।
घाइतेको स्थानीय र प्रहरीले उद्दार गरेका छन् । घाइतेका जिल्लामा उपचार भइरहेको छ ।
थप विवरण आउन बाँकी छ ।