Skip
आज :

डरत्रास, लोभ र प्रलोभनमा नपरी राष्ट्रसेवामा खट्न अधिकृतहरुलाई प्रधानमन्त्रीको निर्देशन

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफ्नो कामप्रति इमान्दार हुन अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित सशस्त्र प्रहरी निरीक्षक पासिङ आउट समारोहमा उनले कुनै पनि प्रकारको डरत्रास, लोभ, प्रलोभन वा गैरव्यावसायिक क्रियाकलाप वा प्रभावमा नपरी तालीममा प्राप्त गरेको सैद्धान्तिक र व्यवहारिक ज्ञान कार्यक्षेत्रमा प्रयोग गर्न आग्रह गरेका हुन्।

प्रचण्डले भने, ‘आज दीक्षित भई कार्यक्षेत्र जान लाग्नु भएका अधिकृतहरूमा सरकारको विशेष आग्रह छ– तपाईहरूका लागि राज्यले ठूलो लगानी गरेको छ, निकै ठूलो भरोसा गरेको छ, लगानी अनुरूपको नतिजाको अपेक्षा पनि गरेको छ । तसर्थ, कुनै पनि प्रकारको डरत्रास, लोभ, प्रलोभन वा गैरव्यावसायिक क्रियाकलाप वा प्रभावमा नपरी तालीममा प्राप्त गरेको सैद्धान्तिक र व्यवहारिक ज्ञान कार्यक्षेत्रमा प्रयोग गर्न आग्रह गर्दै अनुकरणीय अधिकृतका रूपमा आफूलाई स्थापित गर्नुहुनेछ भन्ने अपेक्षा र निर्देशन समेत गर्दछु ।’

राज्यद्वारा प्राप्त जिम्मेवारी कुशलतापूर्वक पुरा गर्न सङ्गठनले जनशक्तिको नेतृत्व क्षमतामा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । प्रचण्डले  कार्यक्रमले व्यक्तिगत एवं व्यवसायिक जीवनमा नयाँ उर्जा र प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal