काठमाडौँ । ललितपुर उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार रवीन्द्रराज ताम्रकारले आगामी कार्यकालका लागि आफु पूर्ण रुपमा तैयारीमा रहेको बताउनु बताउनु भएको छ। बुधबार विभिन्न ब्यापार , ब्यबसाय संग आबद्द समूहहरुसंगको कार्येक्रका बिच उहाले आफ्नो भनाइ राख्नु भएको हो।
संघको यही असोज १९ गते शुक्रबार हुने संघको ४४ औं साधारणसभा तथा निर्वाचन पछी संघमा आफ्नो नेतृत्वको आवस्यकता बारे बताउदै भन्नु भयो ‘ अध्यक्षमा मेरो उम्मेदवारीलाई पुस्तौदेखि तामापित्तल व्यवसायीमा संलग्न एक हस्तकलाकर्मी र चेम्बर अभियानमा लागेको गति र गन्तव्यको परिणत हो। २०२३ सालमा स्थापना भएको संघ अग्रजहरूको योगदान र त्यागले नै यो उचाइमा आएको छ । संघले नेपालको चेम्बर मुभमेन्टमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । महासंघको नेतृत्वमा कसलाई पुर्याउने र त्यसका लागि के कस्ता नीति कसरी बनाउने भन्ने तहसम्म हामी पुगेका थियौं । तर ५६ वर्षको इतिहासमा पछिल्लो समय यस संघको भूमिका पहिले जस्तो नभएको हो कि भन्ने महसूस भएको आम व्यवसायीको बुझाइ छ । अर्कोतर्फ, यो संघ जिल्लाका सम्पूर्ण संघको अभिभावक बन्नुपर्ने हो । तर सबैलाई समेट्न नसकेको गुनासो पनि बढ्दै छ । म नेतृत्वमा आएमा यी समस्या सम्बोधन गर्दै अघि बढ्नेछु । जिल्लाभरि नै यसको कार्यक्षेत्र विस्तार गरेर दूरदराजका उद्योगी व्यवसायीले समेत ‘हाम्रो संरक्षक संस्था छ’ भन्ने अनुभूति गराउन मेरो प्रयास रहनेछ । संघको विगतदेखिको छविलाई कायम राख्नेछु । साथै ललितपुरको दक्षिणतर्फ धेरै विकट स्थान छन् । ती स्थानमा पनि औद्योगिक तथा व्यावसायिक पूर्वाधार पुर्याउने र स्थानीय उत्पादनको बजारीकरण गर्दै औद्योगिकीकरणमा सघाउने काम संघले गर्नेछ । त्यसमा मेरो ठूलो प्रयास हुनेछ । यस क्षेत्रका धार्मिक पर्यटन स्थल तथा उत्पादनको प्रवर्द्धन र प्रचार प्रसारमा संघले महत्त्वपूर्ण योगदान दिन सक्छ । यस्तै छम्पीमा ‘टुरिजम हब’को रूपमा विकास गर्ने प्रयास भएको छ । ललितपुरलाई चिनाउने यो अर्को विशेष स्थल हुने अपेक्षा गरिएको छ । लुभु–ठैबतिर परम्परागत कपडा उत्पादन हुने गरेको छ, जुन उच्च गुणस्तरका छन् । तर बजार अभावले खेर गएको छ । त्यस्ता उत्पादनको राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारीकरणमा हामीले सघाउनुपर्छ । ’
निजी क्षेत्रको मुद्दा र समसामयिक सवालमा निरन्तर कलम चलाउंदै आएका ताम्रकारले आफ्नो समग्र, अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडको रुपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वसहित व्यावसायिक हितको सवालमा अघि डोहर्याउन आफु तयार रहेको बताउनु भयो ।