काठमाडौँ । पर्येटकिय क्षेत्र ठमेलमा रातभरि व्यवसाय सञ्चालन गर्न दिन प्रहरीले तयारी थालेको छ । प्रहरी – प्रशासनले शान्तिसुरक्षाको अवस्था थप चुस्त बनाउने पहल गर्दा यो क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालन हुन् लागेको हो ।
जिल्ला सुरक्षा समितिले यससम्बन्धी निर्णय धेरै अघि नै गरिसकेको छ भएता पनि , पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा रात्रीकालिन ब्यबसायी संचालनमा आउँन सकेको छैन । गत ३१ भदौमा सो निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले फेरि परिपत्र गरेपछि प्रहरीले त्यहाँको शान्ति सुरक्षाको जोखिम मूल्यांकन गरी त्यहीअनुसार तयारी थालेको हो ।
जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) भूपेन्द्रबहादुर खत्री ठमेल क्षेत्रलाई रातभरि सञ्चालन गर्न दिने तयारी भइरहेको बताउँनु हुन्छ ।उहाका अनुसार ठमेललाई २४सै घन्टा खोल्न सरोकारवालासँग छलफल भैरहेको छ । खासगरी सिसिक्यामरालगायत प्रविधिको प्रयोगबाट शान्ति सुरक्षा बलियो बनाउने र सम्बन्धित व्यवसायीलाई नै थप जिम्मेवार बनाउने प्रहरीको योजना छ ।
१३ मंसिर २०७९ को जिल्ला सुरक्षा समितिको बैठकले नै ठमेलमा व्यवसाय गर्ने समय बढाएको थियो । सो बैठकले क्लब र डिस्को ४ बजेसम्म, डान्सबार, दोहोरी तथा लाउन्ज बारलाई २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । अन्य रेस्टुरेन्टलाई १२ बजे र मदिरा पसललाई १० बजेको समयसीमा तोकिएको छ । तर, यो निर्णय कार्यान्वयन हुन सकेको छैन ।