काठमाडौं । पाकिस्तानलाई हराउँदै यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।
शनिबार भएको फाइनलमा पाकिस्तानलाई ३–० गोलले हराउँदै भारतले उपाधि जितेको हो ।
दशरथ रंगशालामा भएको फाइनल खेलमा ६३ मिनेटसम्म भारतलाई रोकेको पाकिस्तानले त्यसपछि तीन गोल ब्यहोर्न पुग्यो ।
खेलको ६४ औं मिनेटमा किपगेनले गोल गर्दै भारतलाई अग्रता दिलाए ।
खेलको ८५ औं मिनेटमा किपगेनले फ्रिकिकमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २–० अग्रता दिलाए ।
इन्जुरी समयमा उनै किपगेनको क्रसमा डिबक्सभित्र रहेका गोगमसर गोयारीले हेडमार्फत गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।