
काठमाडौँ । सरकार र आन्दोलनरत राहतका शिक्षकबीच सहमति भएको छ । आज शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको हो । राहत शिक्षकहरुले उठाएका मागहरु सम्बोधन गर्न सरकार तयार भएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको छ ।
आन्दोलनरत पाँच वटा संगठनसँग सरकारले अलग अलग वार्ता गरेर सहति गरेको हो । जसमा राहत, बालविकास,पेन्सनबाट वन्चित र विद्यालय कर्मचारी रहेका थिए ।
संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका राहतलगायतका शिक्षकहरु १० दिनयता आन्दोलनमा उत्रेका थिए ।
सहमति भएपछि आजैबाट शिक्षक र कर्मचारी घर फर्किने र आइतबारबाट विद्यालय हाजिर हुने बताइएको छ ।