आज :

एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल किन आउँदै छन् ?

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन् ।

आइतबार नेपाल आउन लागेकी एमसीसीकी सीईओ अलब्राइटले पाँच दिन काठमाडौंमा विताउने कार्यक्रम रहेको बताइएको छ ।

नेपालमा एमसीसी परियोजना सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट कार्यान्वयनमा गएको छ ।

एमसीसीकी सीईओ एलिस परियोजना कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

भ्रमणका क्रममा एमसीसीकी सीईओ एलिसले नेपाल सरकारका उच्च स्तरिय नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

एलिसले पाँच दिने नेपाल बसाइको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायत अन्य सरकारी उच्च अधिकारी र शीर्ष राजनीतिक नेतासँग भेतवार्ता गर्ने बताइएको छ ।

एमसीसी परियोजना गत भदौ १३ बाट कार्यान्वयनमा गएपनि ठेक्का प्रक्रिया र जग्गा अधिग्रहणलगायत विषयमा समस्या देखिएको र उक्त समस्या समाधान नभएका कारण यसको कार्यान्वयन प्रक्रिया अन्योलमा परेको छ ।

एमसीसी कार्यान्वयनमा देखा परेका समस्या समाधानको पहल गर्न एसिल नेपाल आउने लागेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal