काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा बढाएको छ ।
राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने गरी कोटा बढाएको हो । आयात कोटा बढाइएको विषयमा औपचारिक जानकारी केहिदिनमा गराइने बुझिएको छ ।
वाणिज्य बैंकहरूले दैनिक १० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था हुँदा ब्यबसायीले लामो समय पालो पर्खंदा पनि आवस्यक सुन नपाउदा मार्कामा पर्दै आएको गुनासो पछी त्यसलाई दोब्बर बनाउने निर्णय राष्ट्रबैंकले गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको कोटा बढाउन राष्ट्र बैंकलाई पत्र लेखेपछि राष्ट्र बैंक कोटा बढाउन तयार भएको हो ।
यस अघि पनि वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गर्दै आएकोमा राष्ट्र बैंकले २०७८ फागुन २२ गते परिपत्र जारी गर्दै दैनिक कोटा १० किलोमा झारेको थियो । सुन चाँदी व्यवसायीहरूले नेपाली बजारमा दैनिक ३० देखि ४० किलो सुनको माग रहेको दाबी गर्दै आएका छन् ।