Skip
आज :

सबै कम्युनिस्ट पार्टीबीच एकता आजको आवश्यकताः मन्त्री किराती

  • अनलाइन डबली

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सबै कम्युनिस्टहरुको एकता आजको आवश्यकता रहेको बताएका छन् ।

मन्त्री किरातीले भने, “यसरी हेर्दाखेरि, देशमा कम्युनिष्टहरुको बहुमत भएर पनि जहिले रक्षात्मक भएर बस्नु पर्ने । एउटा सचेत चेतना भएको मान्छेलाई दुःख लाग्छ नै ।”सबै कम्युनिष्ट पार्टी बीचको एकता जरुरी छ ।

प्रगतिशील लेखक संघ नेपालको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री किरातीले विदेशी संस्कृति अपनाएर स्वदेशी संस्कृति भित्र्याइएको भन्दै दुःख व्यक्त गरे । उनले स्वदेशी संस्कृति संरक्षण गर्न नसकिएको स्वीकार समेत गरे ।

आत्मग्लानी र द्वेषका कारण कम्युनिष्ट पार्टी र नेताहरुले राम्रो काम गर्न नसकेको उनको तर्क छ ।

नेपालमा समाजवादको आवश्यकता रहेको बताएका उनले हाम्रै समाजमा समाजवाद रहेको बताएका उनले त्यसलाई समेत जोगाउन नसकिएको तर्क गरे ।

सात महिनामा यो सरकारले योजनावद्ध र लय वद्ध रुपमा राम्रो काम गरेको जिकिर गरे।

४७ सालदेखि यता यो सरकारले सबै भन्दा राम्रो काम गरेको जिकिर गरेका मन्त्री किरातीले, भ्रष्टाचार नियन्त्रणका लागि यो सरकारले अहिले सम्मकै ठुलो सफलता हासिल गरेको जिकिर गरे ।

अर्को प्रशंगमा उनले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक हुने दाबी गरे । भारत भ्रमण सफल भएको जिकिर गर्दै उनले भने, “यसपाला चीन भ्रमण पनि सफल हुन्छ । हेरिरहनु होस् अहिले पनि ऐतिहासिक हुन् ।”

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal