आज :

रत्नपार्क-सूर्यविनायक द्रुत बस सञ्चालन, धुलिखेलसम्म विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

  • अनलाइन डबली

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आजदेखि ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन गरेका छन् ।

बुधबार दु्रत सार्वजनिक बस सेवाको उद्घाटन गर्दै उनले हाल सूर्यविनायकदेखि रत्नपार्क पुग्न ४५ मिनेट लाग्ने उल्लेख गर्दै त्यसलाई थप सुधार र व्यवस्थित गरी आधा घण्टामै सूर्यविनायकदेखि रत्नपार्क पुग्ने व्यवस्था गर्ने बताए ।

मन्त्री ज्वालाले भने, ‘सूर्यविनायकदेखि रत्नपार्कसम्म आउने र जाने समय अहिले करिब दुई घण्टा लाग्छ । पहिलो पटक यसलाई हामी ४५ मिनेटमा झार्छौं । अझै व्यवस्थित र सुधारहरू गर्दै जाँदा आधा घण्टामा रत्नपार्कसम्ममा समय निर्धारण हुनेगरी हामी यसलाई व्यवस्थित गर्दै छौं ।’

मन्त्री ज्वालाले सूर्यविनायकबाट अगाडि बनेपा–धुलिखेलसम्म नै दु्रत बस सेवा विस्तार गर्ने प्रतिबद्धता गरेका छन् । उनले भने, ‘सूर्यविनायकदेखि अगाडि पनि विस्तार गर्दैै जान्छौं । बनेपा–धुलिखेलसम्म पनि यसलाई विस्तार गर्ने छौं ।’

यो सेवा सुरूमा २५ वटा बसबाट सुरू गरिनेछ । यो बस गुड्नका लागि अहिले सरकारले सडकका दुबै भागमा छुट्टै लेन बनाइसकेको छ । छुट्टै लेन (रातो रङले छुट्टयाइएको) छ  । सोही लेनबाट सेवा सञ्चालन हुनेछ । आज उद्घाटन गरिए पनि यात्रुहरूले भोलिदेखि मात्रै सेवा उपयोग गर्न पाउनेछन् ।

यातायात व्यवस्था विभागले द्रुत सेवाअन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने जानकारी गराएको छ । त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ । यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने बताइएको छ ।

मन्त्री ज्वालाले यातायात क्षेत्रमा सुशासन कायम गर्न अनलाइन प्रणालीबाट सेवा सुरुवातको थालनी गण्डकी प्रदेशबाट गरेको उल्लेख गर्दै त्यसलाई यही असोज १५ गतेभित्र बागमतीमा विस्तार गर्नेसमेत बताए ।

‘अब दोस्रो पटक केही दिन १५ गते भित्र नै यो बागमती प्रदेशमा पनि अनलाइन सेवा सुरु गर्दैछौं । र यो महिनाभरी कमसेकम देशभरी अनलाइन सिस्टम सुरु गर्ने  अनलाइन पेमेन्ट प्रारम्भ गर्ने गरी अगाडि बढाउने गरी हामी काम गरिरहेका छौं,’ मन्त्री ज्वालाले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal