आज :

हरिवंश आचार्य भन्छन्-समयलाई चिन्न सक्नुपर्छ, काम सँगसँगै दाम पछि लागेर आउँछ

  • अनलाइन डबली

काठमाडौं । बरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रको विकासलाई देख्दा काम सँगसँगै दाम पनि पछि लागेर आउन सक्ने रहेछ भन्ने लागेको बताएका छन् ।

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आईएनआई सिनेमा हलको उद्घाटन कार्यक्रममा बोल्दै उनले चलचित्र निर्माण गर्नु भनेको तपस्वीले तपस्या गरेको जस्तै भएको बताए ।

‘अहिले चलचित्र क्षेत्रको विकासलाई देख्दा काम सँगसँगै दाम पनि पछि लागेर आउन सक्ने रहेछ भन्ने लाग्छ । समयलाई चिन्न सक्नुपर्ने रहेछ । चलचित्र निर्माण गर्नु भनेको तपस्वीले तपस्या गरेको जस्तै हो । कहिलेकाहीँ कथा पटकथा सजिलै फुर्छ तर कहिलेकाहीँ जति प्रयास गरे पनि केही गर्न सकिँदैन ।’

उनले नेपाली चलचित्र क्षेत्र सानो पाइलाबाट अगाडि बढेको उल्लेख गर्दै त्यसबेला कलाकारहरुलाई पैसा दिने चलनै नभएको बताए ।
त्यो बेला सौखले र नाम कमाउन पाए हुन्थ्यो भन्ने सोचले काम गरिने गरेको आचार्यले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal