आज :

दिलकुमारीको दिल थाल नृत्य

  • अनलाइन डबली

थाल नृत्य कुनै धार्मिक सभा समारोह , पुजनको शुरुवात र अन्त्यमा मङगल वा समापनमा नाचिनछ । विशेषगरी थाल नृत्य पञ्चे वाजाको तालमा पनि नाचिन्छ । नृत्य नृत्याङनामा आन्तरिक उर्जाको चाम चाहि अलि बढी आबश्यक पर्ने हुन्छ । नत्र नाच्नै सकिदैन । थाल नृत्यलाई चामयुक्त बनाउन आफुलाई गाना बजाना हावाको बेग संगै नृत्य गराउन पनि सक्नु पर्दछ ।
मङगलाचरणसंगै थालिने थाल नृत्य पञ्चतत्व प्रकृति पुजनपनि भएकोले नृत्य गर्दा स्टिल वा चरेशको थालमा चामल, अक्षता , धुप दिप फुलका अलावा पानी मात्र ,अन्न मात्र वा आकाशको प्रतिक फुल मात्र राखेरपनि देवी देवतालाई चढाएको भावमा नृत्य गरिन्छ । तर मैले खालि थालीमात्रमा परम्परागत ताल सुरको आधारमा नृत्य गराउने गरेको छुँ।

मान्छे भएर जन्मिएपछि मान्छेलाई खाएर लगाएर मात्र पुग्दैन रहेछ ।
गाँस, बास , कपास , शिक्षा ,स्वास्थ्य ,सुरक्षालगायतका सम्पुर्ण प्राप्तिपछि मान्छेले आफनो भाषा,धर्म , कला, संस्कृतिको उत्थान र संरक्षण गर्ने प्रयास गर्ने रहेछ । तर सबैले जीवनको आवश्यकतापछि समाजको प्रगतिमा योगदान गर्न सक्दैनन् वा चाहदैनन् । यस्ता थोरै योगदानी ब्यक्तित्वहरु मध्येमा पर्नुहुन्छ , म्याग्दी मगर समाजकी अध्यक्ष समेत रहनुभएकी ब्यक्तित्व दिलकुमारी राम्जाली गर्बुजा मगर ।
उहाँले नेपाली मौलिक लोक नृत्य मध्ये मगर समुदायमा प्रचलित थाल नृत्यको सम्वद्र्धन गरी लोप हुनबाट जोगाउने भित्री चाहनालाई उठाउदै हुनुहुन्छ । मगर समुदायमा प्रचलित थुप्रै पहिचानमुखि बाजा गाना र नृत्य मध्ये नृत्याङगना दिललाईँ थाल नृत्यमानै दिल बसेछ । त्यस्तो गरी थाल नाचमा नै दिल कसरी बस्यो त प्रश्नको जवाफमा नृत्याङगना राम्जाली भन्छिन् , मेरो जन्मघर म्याग्दी जिल्लाको सिमखोलामा अधिकाशं लाहुरे हुन्थे । समुदायमा बेलायत , ब्रुनाई , मलाया नभए ईण्डियाकै भएपनि लाहुरे भएर गाउँँ आएका हुन्थे । आफुहरु सानै छँदा उनिहरुले आ आफ्नो लाहुरे जीवनमा भोगेका अनुभव अनुभुतिहरु गाउँमा साट्थे । यसै वीच लाहुरे थमन पुनले आफनो कार्य क्षेत्र रहेको लाहुरमा खाना खाने बेला लामो लाईन बस्नु पर्ने अनि आफ्नो खाना थाप्ने पालो नआएसम्म अनेक हाउभाउ गरी हातैमा थाल नचाएर नृत्य गर्दा गर्दै आफुले थाल नाच नै सिर्जना गरेको बताउथे । बेला बेलामा थमनले नृत्यपनि गरेर देखाउँथे , म पनि त्यो थाल नृत्यबाट प्रभावित हुन पुगें भने गाउँले ती लाहुरे ले अरुलाई सिकाएकै बाट मैले पनि सिक्दै जान थालें ।
हुर्रे , टप्पा , झ्याउरे लगायतका जुनसुकै छिटो छिटो गाईने गाना वजानामा मैलेपनि थाल नृत्य समाबेस गर्दै लगें र म विस्तारै मेलापात नाचगानमा सहभागिता जनाउदै जान थालें ।
थाल नृत्य देशभर
नृत्य गर्दागर्दै २० वर्ष टुरेछ अर्थात बितेछ मेरो । यसै बीच आफनो नृत्य टोलीमा फुलमायाँ पुन ,कुमारी पुन , पे्रममायाँ पाईजा पार्टनर भएपछि
· २०४८ सालमा कृषि तालिममा आफनो प्रतिभा प्रस्तुत गर्यौं भने तालिम प्रमुख गोविन्द श्रेष्ठले रुपन्देही ,कास्की पोखरा लगायत १६ जिल्लाको भ्रमण लाँदापनि हामीले थाल नृत्य प्रस्तुत गरी भव्य वाहवाही कमाएका थियौं ।
· २०५५ सालमा त वेनीमा आयोजित पश्चिमाञ्चल नृत्य प्रतियोगितामा प्रथम भई पुरस्कार प्राप्त गर्न सफल भएको थिएँ ।
· २०६३ सालमा म्याग्दी सेवा समाजद्धारा आयोजित नृत्यमा थाल नाच प्रस्तुत गरियो भने अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा थाल नृत्य सहभागि भईयो ।
उहाँ भन्नुहुन्छ , सबैले मैले जस्तो समय दिन नसक्ला तर लोप हुनबाट जोगाउन ,ढिलो चाँडो व्यवसायिक रूपमा लोक नृत्यलाई अगाडि बढाउदा कलाकार र राज्यलाई सकारात्मक टेवा पुग्ने विचार नृत्याङगना गुरु राम्जाली मगरको छ ।
सङ्गीत,नृत्य, नाटक क्षेत्रको उत्थानका लागि स्थापना भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले उक्त क्षेत्रको प्रवद्र्धनका लागि पहल थाल्नुपर्नेमा उहाँ दावी गर्नुहुन्छ ।
आफुले जीवनभर नृत्य क्षेत्रमै संलग्न भएको अनुभवलाई आफुले नेपालमा सदियौंदेखि विभिन्न समुदायले अभ्यास गर्दै आएको नृत्यको प्रवद्र्धनमा सहअस्तित्वको रुपमा सहभागिता जनाउँदै लगिने बताउनुभयो । नेपाली लोक जनजीवनमा परम्परागत र सांस्कृतिक रूपमा चल्दै आएको नाचलाई लोक नृत्य भनिने र हाल अभ्यास र प्रोत्साहनको कमिले समुदायमा रहेको मौलिक लोकनृत्यहरू लोप हुँन नदिने आफनो प्रयास रहने नृत्याङगना दिलको प्रतिवद्धता छ ।
नेपाली लोकबाजाको दिलकुमारीमा ऐक्यवद्धता
लोकनृत्य भूगोलमा जीवजन्तु, कितपतङ्ग, श्रमको आधारमा पनि ऐतिहासिक कथालाई सांस्कृतिक ढङगले लयवद्ध रूपमा प्रस्तुतगर्दै लगिन्छ । लोक बाज संग्रहालयका संस्थापक रामप्रसाद कँडेल भन्नुहुन्छ , राज्यको आँखा नगएको तर अमुर्त सम्पदाको रुपमा संरक्षण गर्न आवश्यक बागीना अर्थात वाद्यबादन ,गीत र नाचको प्रवद्धन गर्नुपर्छ भन्दै अगाडी बढ्दा थाल नृत्यकी नृत्याङना दिलकुमारी रामजाली मगरलाई भेट्यौं । उहाँको नत्य कलालाई हामीले संरक्षण गर्नु पर्छ भन्ने हाम्रो अभियानलाई उहाँले सहर्ष स्विकार्नु भयो । फेरी नृत्य सिकाउनको लागि ऐच्छिक विद्यार्थीको भेट चाहि शान्ति विद्यागृह लैनचौरका शिक्षक शिक्षिकाबाट समन्वयन गरिदिनुभएपछि दिलकुमारीको दिल बसेको थाल नृत्यले डकुमेन्टेशन संगै संरक्षण हुदै जाने बिश्वास ब्यक्त गर्नुभयो ।
थाल नृत्याङगना दिलकुमारीको परिवार सकारात्मक
मेरो जन्म २०३२ साल चैत्र १६ गते आमा जोखि राम्जाली ,बुबा मे. विरबहादुर राम्जालीका कान्छी छोरीका रुपमा म्याग्दी जिल्ला बेनी नगरपालिका १० वाखेतमा भएको हो । मेरो कर्म घर म्याग्दी जिल्ला रघुगङगा गाउँपालिका ४ दग्नाम हो । लाहुरेहरुले प्रस्तुत गर्ने थाल नृत्यबाट प्रभावित भई लाहुरेकै आफ्नै वहिनी हिरामायाँ पुनले पहिलो पल्ट नृत्य गर्न थाल्नुभयो । उहाँ धेरै पुरस्कारबाट सम्मानित हुनुभएको थियो । जुन कुरा मैले थाल नृत्य सिक्दै जादाँ मपनि प्रभावित हुन पुगें भने ,मैले सिकेको नृत्यलाई आफ्नै गाउँघरका साथीहरु
लाईपनि समुह समुह बनाउँदै सिकाउन थालें । हुर्रे , टप्पा , झ्याउरे लगायतका जुनसुकै छिटो छिटो गाईने गाना वजानामा मैलेपनि आफुलाई थाल नृत्यमा समाबेस गर्दै लगें र मलाई लाग्छ भगवानले मलाई नृत्य गर्नकै लागि जन्म दिएको हो । मगर समुदायमा प्रचलित प्रत्येक नृत्यहरुमा मैले नजानिदो पारामा सहभागिता जनाउदै जान थालेछुँ । विस्तारै मेलापात नाचगानमा सहभागिता जनाउदै जान थालें ।
थाल नृत्य चार दशक
यसरी नृत्य गर्दागर्दै चार दशक पुगेको पत्तै भएनछ, नृत्याङगना दिलकुमारी भन्छिन् , मेरा श्रीमान खिम गर्बुजाले मेरा प्रत्येक पाईलामा साथ सहयोग र भरोसा दिनुभएको छ भने मेरा दुई छोराहरु ससिन र सुमिनको पनि मेरो काममा एक्यवद्धता रहने गरेको छ । यदि घर परिवारले मेरा प्रत्येक कर्ममा साथ नदिएको भए सायदै मैले लोक नृत्य र समाजसेवामा समर्पण गर्न पाउँथे हुला । त्यसैले म आफुलाई आफ्नो लक्ष्यमा लाग्न पाउने भाग्यमानी नारी थानेकी छुँ । यसै विच आफनो नृत्य टोली पश्चिमाञ्चल दिपेन्द्र सभागृहमा धनकुमारी थापाको संयोजकत्वमा फुलमायाँ पुन , कुमारी पुन , पे्रममायाँ पाईजा समेत पार्टनर भएपछि २०४९ सालमा आफनो प्रतिभा प्रस्तुत गर्यौं । तालिम प्रमुख गोविन्द श्रेष्ठको पहलमा सहभागिता गराईएको सो कार्यक्रममा रुपन्देही ,कास्की पोखरा लगायत १६ जिल्लाको सहभागिता थियो ।
२०५५ सालमा त वेनीमा आयोजित नृत्य प्रतियोगितामा प्रथम भई पुरस्कार प्राप्त गर्न सफल भएको थिएँ । २०६३ सालमा म्याग्दी सेवा समाजद्धारा आयोजित थाल नाच प्रस्तुत गरियो भने अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा थाल नृत्य सहभागि भईयो । नेपालको पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म विभिन्न जातजातिले सांस्कृतिक विरासतका रूपमा अभ्यास गर्दै आएको लोकनृत्यको प्रवद्र्धन र सम्वद्र्धन गर्नु सबैको साझा दायित्व रहेको छ । लोप हुनबाट जोगाउन पहल गरिने हो भने यसले व्यवसायिक रूपमा अगाडि बढाउदा कलाकार र राज्यलाई सकारात्मक टेवा पुग्ने विचार व्यक्त गर्नुहुन्छ ।
२०८० साल श्रावण ५गतेदेखि
शान्ति बिद्यागृहमा थाल नृत्य शुरु
काठमाडौंको शान्ती निकुञ्जबाट थाली नृत्य श्रावण ५ गतेबाट कक्षा ५देखि ९ कक्षासम्मका बिद्यार्थीहरुलाई थाल नृत्यको प्रशीक्षण दिएर शुरुभएको छ ।
जुनसुकै उमेरकाले पनि नृत्यमा सहभागिता हुन सक्ने र आफनै म्याग्दी जिल्लाका मगर समुदायबाट उत्पत्ती भएकोले पनि आफुलाई यो नृत्यको मौलिकताको संरक्षणमा समपर्ण गरेको नृत्याङगना लिलको सपष्टिकरण छ ।
भविष्यमा आफनै सामाजिक संघ संस्था ,आग्रहमा नृत्यलाई प्रवद्र्धन गर्दै लाने सोचलाई नेपाली लोक बाजा संङग्रहालयका संस्थापक रामप्रसाद कँडेलको पहलमा लैलचौरीसथत शान्ति विद्यागृह स्कुल प्रधानाध्यापिका शिवकुमारी घिमिरे र विष्णु सरको पहलमा जुन नृत्यको थालनी भयो यो शुरुवतले देशव्यापिरुपमा झाङिगनेमा आफुलाई विश्वास लागेको छ उहाँले भन्नुभयो ।
काठमाडौं महानगरपालिकाले प्रत्येक शुक्रवार विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप गराउने कार्यक्रम अन्र्तगत कै एउटा विद्यामा थान मगर नृत्यको प्रशिक्षण गराउदै आएको छ ।

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal