सिलगढी । नेकपा (माओवादी केन्द्र)को तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान डोटी जिल्लामा पनि तीब्र रुपमा अगाडि बढेको छ । भदौ १६ गते जिल्लामा खटिएका ६ वटा अभियान टोलीले एकसाथ उद्घाटन गरेका थिए ।
अभियानको अहिले पहिलो चरणको कार्यक्रम अनुसार बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माणलगायतका कामहरुमा आफूहरु केन्द्रीयत भएको केन्द्रीय सदस्य शरद सिंह भण्डारीले जानकारी दिए ।
जिल्लाको सिलगढी नगरपालिका र केआई सिंह गाउँपालिमा अभियान टोलटोलसम्म पुगेर र जनताको उत्साहजनक सहभागिता रहेको भण्डारीले बताए ।
भण्डारीका अनुसार १७ गते दिपालय सिलगढी नगरपालिकाका वार्ड १ र ५ का टोलहरुमा कार्यकता भेला र १८ गते दिपायल सिलगढी नगरपालिका –२ को धारी र ४ को राजपुर ३ बजे र पिपल्ला ५ बजे कार्यकर्ता भेला साथै केआई सिंह गाउपालिकाको वार्ड नं. ५ को हाडेआम, ६ र ७ को डोडरमा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
डोटी जिल्लामा ६ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरु, शरद सिंह भण्डारी, लक्षिराम आचार्य, गोविन्द बिक रहेका छन् । त्यस्तै, प्रदेश उपाध्यक्ष कृष्ण बडुवाल र प्रदेश सदस्य छवि ओलीले अभियान टोलीको नेतृत्व गरेका छन् ।
अभियान मंसिर १५ गतेसम्म चल्ने अभियानले पार्टी सदस्यता नविकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पु¥याउन । कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने र आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा संचालित स्थानीय सरकारहरुले कम्तिमा १्-१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम शुरु गर्ने र संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम ७ वटै प्रदेशमा एकएक वटा आयोजना संचालनको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य लिएको छ ।