काठमाडौँ । भारतले उसिना चामल निर्यातमा पनि कडाइ गरेको छ । चामल र प्याज निर्यातमा यस अघिनै कडाइ गरेको भारतले नेपालीहरुको माहान चाड दशैँ नजिकिँदै गर्दा उसिना चामलमा २० प्रतिशत निर्यात कर लगाएको छ ।
भारतको वित्त मन्त्रालयले गएको शुक्रवार सूचना निकालेर आउँदो असोज अन्तिम हप्तासम्म यस्तो कर लगाइएको जनाए पछी भारतीय बजारमा अहिले चामलको मूल्य बढेको छ । निर्यात निरुत्साहनस्वरुप भारतले उसिना चामलमा २० प्रतिशत कर लगाएको हो ।
शुक्रवारअघि नै निर्यातका लागि अनुमति लिएका वा प्रक्रिया पूरा गरेका निर्यातकर्तालाई भने सूचनाले बाधा नपुग्ने जनाइएको छ ।
भारतीय बजारमा उसिना उसिना चामल लगाएतमा गरेको मुल्य वृद्दि र उसिना चामलमा करको भार बढ्नुले आयात गरिएका भारतीय चामको भाउ बढ्ने निश्चित छ ।